प्रचण्ड आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको एमाले महासचिव पोखरेलको आरोप
काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहाललाई जहाँ गए पनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो ।