काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
गएको बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम निर्धारण गर्दै प्रधानमन्त्रीलाई सोध्ने सांसदले भदौ ८ गते नै प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा प्रश्न टिपाउन आग्रह गरेका थिए ।
आजको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।