काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताए ।
विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए । उनले प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने बताए । उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताए ।
उनले नेपालमा राजनितिक अन्तरबिरोध फेरिएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरिकी साम्राज्यवादबिरुद्ध रहेको बताए । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताए ।



















