काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एकअर्काको धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्य र अभिव्यक्तिलाई सरकारले रोक्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले पहिचानको नाममा भइरहेको गतिविधिबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।
‘अनेकतामा एकता नेपालीको पहिचान’ भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्ममा चोट नपुर्याई आफ्नो धर्म मान्ने अधिकार दिएको बताएका छन् ।
सामाजिक सद्भाव खलल गर्ने वा एकअर्कालाई द्वेष बढाउने काम सरकारले हुन नदिने वताउँदै उनले नेपालको संविधानको पालना गर्नु सबैको दायित्व भएको बताएका छन् ।



















