शरणार्थी प्रकरणमा नेताहरु जोडिएर काँग्रेसको गरिमामा गम्भीर आँच आयोः शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।