काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शुक्रबार संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयक -२०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए ।
छलफलका क्रममा अधिकांश सांसदहरूले सरोकारवालाको मागलाई सम्बोधन हुनेगरी विधेयक अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।
यसैगरी बैठकमा ऊर्जा,जनस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ ।




















