काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा घाइते नेपालीको तत्काल उपचार र उद्दारका लागि सरकारसँग माग गरेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले इजरायलमा रहेका नेपालीको खोजि, उद्दार र घाइतेहरूको उपचारका लागि सरकारले तदारुकताका साथ लाग्नुपर्ने बताएका हुन्।
उनले इजरायल र हमासबीचको द्वन्द्व लम्बिन सक्ने भन्दै त्यहाँ रहेका सम्पूर्ण नेपालीको सुरक्षाका लागि सरकारले गम्भीरताका साथ ध्यान दिन आग्रह गरे।
इजरायल र हमासबीचको आक्रमणबाट ३ नेपाली घाइते भएको र १२ जना सम्पर्कविहीन भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।




















