धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।
सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । उनले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताए ।
सरकारले भ्रष्ट्राचारी र तस्करी गराएको आरोप लगाए । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए।
ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए ।
जनता आर्थिक मन्दीको मार खेपिरहेको वेला प्रधानमन्त्री तीर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीले आरोप लगाए ।




















