सरकारको सय दिनः उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ। यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान