काठमाडौं । प्रतिनिधिसभा ११ वजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।
वैठक बस्नु अघि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका थिए । तर सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।