काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताए ।
नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको बताउँदै उनले द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने दावी गरेका छन् ।
द्वन्द्व पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको वताएका छन् । शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्नेमा आफूहरु केन्द्रित भएको बताउँदै उनले भने, ‘फौजदारी कानुन जस्तो यो होइन । संक्रमणकालीन न्यायका आफ्नै केही फन्डामेन्टल मान्यताहरु छन् । यो एस र नो जस्तो नभएर केही नर्मस् एण्ड भ्यालु र सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्ने पनि हुन्छ ।’