पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू फेरि सल्बलाएका छन्
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको दाबी गरे।