काठमाडौं । नेकपा एमालेको आजको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तता कारण केही समय पछाडि सारिएको छ । सुरुमा दिउँसो १ बजे च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने तय भएको थियो, तर अब यो बैठक ३ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा आगामी विधान महाधिवेशनको तयारी, पार्टीको साङ्गठनिक गतिविधि, र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकको कार्यसूचीबारे जानकारी दिएका हुन्।
एमालेले विधान महाधिवेशन भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ।























