एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । बिहीबार बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको थियो