रास्वपा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नका लागि भोलि मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक डाकेको छ। परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न र निर्वाचन रणनीतिबारे छलफल गर्न पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाउनुभएका हुन्।