३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का हुन्छः मन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्रालयमा आज आफूले काम तुरुन्त अगाडि बढाउन ३ वटा साना निर्देशन दिएको भन्दै यस्तो चेतावनी दिएका हुन्।