संघीयता कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध: सभापति देउवा
काठमाडौं, साउन ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशीताजस्ता ऐतिहासिक उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा दृढ रहेको बताएका छन् । शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले संविधान संशोधनमार्फत लोकतन्त्रलाई अझ समावेशी