काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन्।
पेरिसडाँडामा आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी कुल १७ सिट प्राप्त गरेको छ।




















