काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरियोस् भन्ने मागसहित दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार बहस हुने भएको छ।
पत्नी राधिका शाक्यका तर्फबाट दायर गरिएको उक्त रिट विधिवत् दर्ता भइसकेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ले जानकारी दिएका छन्।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरी हिरासतमा राख्नु गैरकानूनी भएको दाबी गरिएको छ। साथै कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सिफारिसका आधारमा सिधै व्यक्तिलाई पक्राउ गर्नु कानूनसम्मत नहुने जिकिर समेत गरिएको छ।




















