नगरकोटले जित्यो खुला दोहोरी प्रतियोगिताको उपाधि
काठमाडौँ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले जितेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो