काठमाडौं । नेपाली हाँस्यकलाकारको रुपमा चर्चित महादेव त्रिपाठीले अमेरिका आफ्नो विभिन्न कला पस्किएका छन् । अमेरिकाको बिभिन्न शहरमा आयोजित कार्यक्रममा उनले कमेडी, नृत्य, गायन र जादु कलाका पनि पस्किएका छन् ।
त्रिपाठीको कमेडीमा दर्शकहरु पेट मिचिमिची हाँसेका थिए । नेपाल चिनाउने उदेश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाउँदा दर्शक खुलेरै नाचेका छन् ।
अमेरिका पुगेका बेला महादेवले बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना रहेको सुरसुधा ब्याण्डको कार्यक्रममा पनि बिभिन्न प्रस्तुति दिएका थिए ।
अमेरिकाको दर्जनबढी ठाउँमा कार्यक्रम गर्ने उदेश्यले त्रिपाठी सहितको कलाकार टोली एक हप्ता अघि अमेरिका पुगेका थिए ।
अमेरिका पुगे लगतै कार्यक्रम सुरु गरेको टोलीले अहिलेसम्म अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा कार्यक्रम गरिसकेको छ ।
कलाकार त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वर्ल्ड कलेज, चुच्चेपाटी काठमाडौंले पठाएको हो ।
न्युयोर्क सिटिमा नभेम्बर १२, १४, तारिकमा आयोजित कार्यक्रममा त्रिपाठीले त्यहाँ बस्ने नेपालीलाई मन खोलेर हाँस्न वाध्य पारेका थिए । सो कार्यक्रममा दर्शकलाई पेट मिचिमिचि हँसाएपछि अमेरिकाका अन्य सिटिमा बस्ने नेपालीहरुले पनि महादेबलाई बोलाएका हुन ।
नोभेम्बर १९ तारिक र २१ तारिक बोस्टन सहरको लोकप्रिय नेपाली रेस्टुरेन्डमा (चुलो इन्टरटेन्मेन्ट नाइट) हुइज माहदेब त्रिपाठी कमेडि शो, नाम राखि दुई शो भएको छ । दुइ शोमा लगभग ४ चारसय ५० दर्शक मध्धे ६० जना जति अमेरिकनलाई उनले पनि हसाउनुका साथै नाचेर खुसि पारेका छन् ।
बोस्टनको चुलो इन्टरटेन्मेटका आयोजक रंजन बुढाथोकी थिए । बुढाथीकी आफैमा कलाकार तथा अमेरिकन पुलिस हुन । चुलो रेस्टुरेन्डमा नेपाली तथा बलिउडका कलाकारको शो हुने गर्छ । यो कार्यक्रमका लागि नेपालका चर्चित संगीतकार राज कपुर रणाले सहयोग गरेको बताइएको छ ।
महादेबलालाई न्युयोर्कको सहरमा एकल प्रस्तुतिको लागि रेभेल इभेन्टस आई ऐन सीले बोलाएको थियो । गायक राजेश हमाल तथा ऐटना कार्कीले बोलाएको एउटा शो सकिएपछि महादेवलाई सुरसुधाको प्रोग्राममा जोडिदिएका थिए । सुरसुधाका आयोजक नबराज केसी, पसुपति श्रेष्ठ, निमा शर्पा हुन । त्रिपाठीलाई तीन आयोजकले चिनेका पनि थिएनन् । तर आज त्रिपाठीको कार्यक्रम हेरेर खुशी भएपछि उनीहरुले बोलाएको बताइएको छ ।
महादेब न्युयोर्क सिटिबाट २६ तारिकमा इनासको प्रोग्राममा पुग्न बताइएको छ भने बाँकी कोलोराडो, डालस, क्यालिफोनिया, मिनिसोटा, मेचिगनलगायत थुप्रै सहरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । महादेबको सपना अमेरिकाको ५० स्टेट पुग्ने रहेको छ ।