बलिउड अभिनेता खानको निधन
काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार ५४ वर्षको उमेरमा खानको निधन भएको जनाइएको छ । हिन्दूस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अचानक स्वास्थ्यमा समस्या आएपछि खानलाई मंगलबार आईसीयूमा भर्ना गरिएको थियो