काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गायन क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले शिष्टाचार भेट गर्नुभएको छ । शहरी विकास राज्यमन्त्रीले चार घण्टा पाँच मिनेट बीस सेकेन्डको एकल सांगेतिक प्रस्तुती दिएर विश्वकै पहिलो मन्त्री बन्न सफल बन्नु भयो । उक्त कार्यको मूल्याङ्कन गर्दै राष्ट्रपति भण्डारले बधाई ज्ञापन गर्नुभयो ।
शहरी विकास राज्यमन्त्री मानन्धरसहित वल्र्ड बुक्स अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल, चर्चित ¥यापर निर्णय श्रेष्ठ, वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधान लगायत ज्ञानेन्द्र कार्की, राज मानन्धर सामेल भएको थियो । राष्ट्रपतिले सम्पूर्ण टोलिहरुलाई विश्व कीर्तिमान कायम गराउनको लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन र सम्मान व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा समग्र नेपाल राष्ट्रको गरिमा र अस्मितालाई विश्वभर फैलाउन सफल हुनुभएकोमा राष्ट्रपति भण्डारीले मानन्धरलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।