प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक महत्वका ग्रन्थको पुनःप्रकाशन
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ । नेपाली वाङ्मयका विभिन्न विधाको खोज–अन्वेषण, गोष्ठी–सेमिनार तथा प्रकाशनलगायत कार्यमार्फत मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासको जिम्मेवारी पाएको प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति,