काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाबीच भेटवार्ता भएको छ । विप्लवसँगको भेटवार्ता भएको तस्बिर समाजिक संजाल फेसबुकमार्फत रेखाले सार्वजनिक गरेपनि उनीहरुबीच केका लागि भेट भयो, किन भेटवार्ता भयो भन्ने जिज्ञासा पैदा भएको छ ।
विप्लव नेतृत्वको पार्टीलाई प्रतिवन्ध लगाउँदा विरोध गरेकी रेखाले केही दिन अगाडि मात्र सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गर्दै एउटा कलाकार र राजनीतिक नेता बीचको भेटका रुपमा मात्र बुझ्न आग्रह गरेकी छिन् । कलाकारका हिसावले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले बताएकी छिन् ।
‘विप्लव’ भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन आफूलाई ‘विप्लव’ले बोलाएकाले भेटेको रेखाले स्पष्ट गरेकी छिन् ।
शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि विप्लवले विभिन्न नेता, वौद्धिक व्यक्तित्व, पत्रकार, कलाकारलगायतसँग भेटर्वार्ता गर्दै आएका छन् ।