राहदानी ऐनसम्बन्धी मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो। सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पक्राउको पुष्टि गरेका छन्। प्रहरीका