काठमाडौं । हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा भूकम्प गएको हो।
उनका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको छ।
भूकम्पबाट भएको क्षति तथा प्रभावबारे भने हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन।




















