काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडकखण्ड अवरुद्ध भएको छ।
गएराति कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन उपकरण परिचालन गरिएको छ। पहिरो हटाउने काम भइरहेको कार्यालयले जनाएको छ।




















