प्रधानमन्त्रीद्वारा गौतमको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ जिल्लामा कम्युनिष्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुहुने नेता माणिकलाल गौतमको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । स्वर्गीय गौतमप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले शोकाकुल परिवार तथा आफन्तमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ