काठमाडौँ । आज पहाडी भेगमा चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पनि पहाडी क्षेत्रकै एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थान र बागमती, कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।