प्रहरी चौकी पशुपतिनगरको नवनिर्मित भवन उदघाटन
बर्दिया । गेरुवा गाउँपालिका ५ पशुपतिनगरस्थित गाउँपालिकाको परिसरभित्र प्रहरी चौकी पशुपतिनगरको लागि नवनिर्मित भवनको शनिबार उद्घाटन भएको छ । गेरुवा गाउँपालिकाको १९ लाख रुपैयाँ आर्थिक सहयोग र जनश्रमदानबाट नवनिर्मित उक्त एक तले पक्की भवनमा ३ वटा कोठा रहेका छन् ।