काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
अपराह्नपछि काठमाडौं उपत्यकालगायत पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना छ ।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
मौसमविद् महर्जनका अनुसार यतिबेला (सोमबार बिहान) भने पहाडी भेगमा मौसम आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाशमा बादल) छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा बादल) हुनेछ ।
बुलेटिनअनुसार आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टा ९मंगलबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
त्यसमा भनिएको छ– कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुनसक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।