काठमाडौँ । आज देशभर वर्षा तथा तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ । अहिले बादल विकास भइरहेको र १०÷११ बजेपछि पानी पर्ने अनुमान गरिएको छ ।
त्यस्तै आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।