काठमाडौँ । देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीअनुसार आज दिउँसो देशका पहाडी भेगका एक/दुई ठाउँमा मात्र पानी पर्ने सम्भावना रहेको छ ।
दिउँसो यो ठाउँतिर वर्षाको बढी सम्भावना छ भनेर तोक्न सकिने अवस्था नभउको बताउँदै उनले पहाडी क्षेत्रका एक/दुई ठाउँमा वर्षा हुन सक्ने बताएका छन् । काठमाडौँ उपत्यकामा भने आज पानी पर्ने सम्भावना अत्यन्त न्यून रहेको बताइएको छ ।
मौसमविद अधिकारीका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।