काठमाडौँ । आज पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थान भन्नाले कोशी, बागमती र गण्डकीबाहेक जुनसुकै स्थानमा पानी पर्नसक्छ छ ।
दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना एकदम कम छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसबाहेक राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।