पानी परेसँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई
बाग्लुङ । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ । बेँसी खेतमा कुलो र नहरको