विद्यार्थीलाई राम्रो पढ्न प्रधानमन्त्री ओलीको सुझाव
दमौली । प्रधानमन्त्री केपी शर्मा ओलीले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई राम्रो पढ्न सुझाव दिनुभएको छ । खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीसँग आज भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी लिँदै राम्रोसँग पढ्न सुझाव दिनुभएको हो