पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई धरौटीमा छाड्ने