काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार (जेठ २३ गते) काठमाडौं र ललितपुरका करिब एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार १३२ केभी प्रसारण कन्डक्टर स्तरोन्नति आयोजनाअन्तर्गत स्युचाटार सबस्टेसनमा मर्मत तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ।
स्युचाटार र टेकु सबस्टेसनअन्तर्गत रहेका कुलेश्वर, कीर्तिपुर, रत्नपार्क तथा पुल्चोक वितरण केन्द्रबाट सेवा पाउने ९८ स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। तीमध्ये कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुरका ११, रत्नपार्कका २० र पुल्चोकका १४ स्थान प्रभावित हुनेछन्।
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थले जारी गरेको सूचनामा स्युचाटार सबस्टेसनको बसलाई ‘सटडाउन’ गरेर आवश्यक मर्मत तथा स्तरोन्नतिको काम गरिने उल्लेख गरिएको छ।
प्राधिकरणले उक्त अवधिमा उपत्यकाका अन्य सबस्टेसनबाट विद्युत् आपूर्ति हुने वितरण प्रणालीमा समेत केही प्रभाव पर्न सक्ने जनाएको छ। साथै मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय परिवर्तन हुन सक्ने पनि सूचनामा उल्लेख छ।
निर्धारित समयमै काम सम्पन्न गर्ने प्रयास गरिने जनाउँदै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।
विद्युत् आपूर्ति अवरुद्ध हुने स्थानहरु
| वितरण केन्द्र | विद्युत आपूर्ति अवरुद्ध हुने स्थानहरु | |
| कुलेश्वर वितरण केन्द्र | सबस्टेशन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भु, सानो भर्याङ्ग, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भिमढुङ्गा, छत्रे देउराली, कलंकी, रविभवन, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, रविभवन, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, च:मती, भगवानपाउ, कलंकी, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ्, सीता पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस लगायतका स्थानहरु । | |
| कीर्तिपुर वितरण केन्द्र | मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह, त्रि.वि. परिसर लगायतका स्थानहरु । | |
| रत्नपार्क वितरण केन्द्र | न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भिमसेनस्थान, लगन चोक लगायतका स्थानहरु । | |
| पुल्चोक वितरण केन्द्र | बल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री, कुपण्डोल लगायतका स्थानहरु । |




















