एसइईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी
काठमाडौँ । २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको हो । बैठक सकिएपछि शुक्रबार नै नतिजा सार्वजनिक हुने बताइएको छ