प्रहरीद्वारा २२ जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित २२ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले छुट्टाछुट्टै घटनामा ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो