राष्ट्रपति भण्डारीलाई भोजपुरेको अभिनन्दन
भोजपुरे सेवा समाज, काठमाडौँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन, शीतलनिवास, महाराजगञ्जमा आज बधाई तथा शुभकामना दिँदै अभिनन्दन गरेको छ । समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा र कार्यक्रममा उपस्थितमध्येका ९० वर्षीय ज्येष्ठ नागरिक मदनबहादुर खत्रीले राष्ट्रपतिलाई पुष्पगुच्छा र अभिनन्दनपत्र समर्पण गर्नुभएको थियो