हेटौँडा । बागमती प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । शनिबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राप्रपाका तीनै जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।
राप्रपा बागमती संसदीय दलका नेतासमेत रहेका खानेपानी उर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले शनिबारै साँझ प्रदेशसभा वैठक सकिएलगत्तै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
केन्द्रको निर्देशनअनुसार बागमती प्रदेशका मन्त्रीहरुले पनि पदबाट राजीनामा दिएका हुन् । बागमती प्रदेशसभाका ११० सदस्यमध्ये राप्रपाका १३ सांसद छन् ।
राप्रपाले नयाँ गठवन्धन बनेसँगै केन्द्रदेखि प्रदेशसम्म सरकारबाट बाहिरिने निर्णय गरेको छ ।