काठमाडौँ । आज तीन प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। यस्तै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना त छ तर एकदमै न्यून छ।



















