काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो खुलास गरेका हुन् ।
उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब दिएको भन्दै यो देश कहिले पनि नबन्ने बताएका छन् । उनले यो देश कहिल्यै नबन्नेसमेत जनाए । उनले कसले राजीनामा दिन लगाउन खोजेको हो त्यो भने केही खुलाएका छैनन् ।
अचानक देखा परेको मेयर शाहको यो स्टाटसले तरंग उत्पन्न गर्ने भएको छ ।
उनले लेखेका छन्– ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन।’




















