‘प्रचण्ड’ पुत्री गंगा दाहालको जलेको घरमा एक पुरुषको शव फेला
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा एक पुरुषको शव फेला परेको छ । मंगलबार जेन-जी आन्दोलनको क्रममा ललितपुर महानगरपालिका–२६ सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरिएको थियो । ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका