भक्तपुर । बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीका अनुसार पासवान आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् ।
प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।
थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका उनी सरकारले त्यहाँका टहरा भत्काएपछि होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।




















