काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो।
पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवका रूपमा कार्यरत थिए। त्यस्तै, अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।
निजामती किताबखानाको अभिलेखअनुसार सचिव अधिकारीले आगामी ४ भदौमा अनिवार्य अवकाश पाउँदै थिए। उनले त्यसको करिब एक साताअघि नै राजीनामा दिएका हुन्।
अर्का सचिव पोखरेल भने २३ भदौ २०८४ सम्म पदमा बहाल रहन सक्ने अवस्थामा थिए। उनले निर्धारित कार्यकालअघि नै राजीनामा दिएका हुन्।



















