अर्थतन्त्र ओरालो लागेको भन्ने हल्ला निराधारः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र ओरालो लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्र ओरालो लागेको नभई उकालोतर्फ चढिरहेको दाबी गरे । राजस्व बढाउने लक्ष्य हासिल नगरेको यथार्थ उनले खुलाए ।