काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स १.९० अंकले बढेर ३६९.४२ विन्दुमा पुगेको छ । आज २६८ कम्पनीको ७० लाख ४९ हजार ६९९ कित्ता सेयर २ अर्ब ६३ करोड ९५ लाख ९ हजार ६९७ रुपैयाँमा खरिदबिक्री भयो। ४७ हजार ६६१ पटक सेयर कारोबार भयो ।
आज एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यस्तै युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो ।
सो कम्पनीको २१ करोड ७९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल दूरसञ्चार कम्पनीको ९ करोड १३ लाख र सोल्टी होटलको ८ करोड ८६ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।
यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को घट्यो भने २ को मात्रै बढ्यो। ११ उपसमूहको सूचक घट्दा मनु एन्ड प्रो र म्युचुअल फण्डको सेयर मूल्य बढेको हो ।

























