काठमाडौँ । सरकारले अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा तीव्र आर्थिक विकास गर्ने, गुणस्तरीय सामाजिक विकास न्याय, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उच्च आय तथा रोजगारीको गरिबी न्यूनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व, सङ्घीयताको सबलीकरण र सुशासन तथा सार्वजनिक खर्च वृद्धि गर्ने लक्ष्य राखिएको जनाएक छन् ।
आगामी आर्थिक वर्षको बजेटले कृषि, ऊर्जा, पर्यटन लगानी प्रवर्द्धन, औद्योगिक विकासलाई प्राथमिकता दिएको छ । यस्तै, बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउने, सामाजिक सुरक्षामा ध्यान दिने तथा पूर्वाधार निर्माण, विद्युतीय प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, वातावरणको संरक्षण पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सार्वजनिक वित्तीय प्रणालीमा सुधार वित्तीय सङ्घीयताको सबलीकरण गर्ने बजेट प्रणालीमा सुधार गर्ने लक्ष्य राखिएको छ ।
यस्तै सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ले दिएको सुझावलाई कायन्वयन गर्ने र उस्तै प्रकृतिका २० वटा संस्थाहरु खारेज गर्ने बताएका छन् ।
कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ । यस्तै अर्थमन्त्री महतले सार्वजनिक खरिदलाई सरलीकृत गर्ने, विद्युतीय बोलपत्रलाई प्राथमिकता दिइने र एकीकृत अनुगमन प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गरेका छन् ।